२०८३, आश्विन २१ गते

images

ग्लोबल आइएमई बैंकका ग्राहकलाई दुषित थानी हिमालयन रिसोर्टमा छुट

ग्लोबल आइएमई बैंकका ग्राहकलाई दुषित थानी हिमालयन रिसोर्टमा छुट

शुक्रवार, कार्तिक ९ २०८१०२:५५
शुक्रवार, कार्तिक ९ २०८१०२:५५
  • images

    काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकले दुषित थानी हिमालयन रिसोर्टमा उपलब्ध सेवाहरुमा १५ प्रतिशत छुट पाउने भएका छन् । बैंक र रिसोर्टबीच बैंकका ग्राहकहरुलाई उक्त छुट उपलब्ध गराउने समझदारी भएको छ । 

    उक्त समझदारीमा ग्लोबल आइएमई बैंकका प्रमुख बजार व्यवस्थापक दिलिप पोखरेल र दुषित थानी हिमालयन रिसोर्टका सेल्स मेनेजर सम्झना प्रसाईले हस्ताक्षर गरेका छन् ।

    समझदारी अनुसार बैंकका ग्राहकहरुले दुषित थानी हिमालयन रिसोर्टमा उपलब्ध सेवाहरु खाना तथा पेय पदार्थ, देभराना स्पा, स्वीमिङ पुल, ज्याक्कुजी, स्टिम र सौनाको प्रयोगवापत भुक्तानीका लागि बैंकको डेबिट तथा क्रेडिट कार्ड र मोबाइल बैंकिङ एप ग्लोबल स्मार्ट प्लस प्रयोग गर्दा १५ प्रतिशत छुट पाउने बैंकले जनाएको छ ।

    आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले विभिन्न किसिमका समयसान्दर्भिक योजनाहरु ल्याएर ग्राहकहरुलाई लावान्भित गर्दै आएको छ ।
    ग्लोबल आइएमई बैंक युरो मनी अर्वाड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रुपमा सम्मानित बैंक हो । साथै ख्यातिप्राप्त विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरुबाट फरक-फरक विधामा समेत ग्लोबल आइएमई बैंक सम्मानित भएको छ । 

    ग्लोबल आइएमई बैंक मुलुकका ७७ वटै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकका ३५४ शाखा कार्यालय, ३८४ एटिएम, २५५ शाखा रहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ११ सयभन्दा बढी सेवा केन्द्र रहेका छन् ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend