२०८३, आश्विन २१ गते

images

सेयर बजारमा गिरावट

सेयर बजारमा गिरावट

आइतवार, कार्तिक ११ २०८१०३:४१
आइतवार, कार्तिक ११ २०८१०३:४१
  • images

    काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार परिसूचक (नेप्से) ९.१९ अङ्कले घटेको छ । सामान्य अङ्कले बजार घट्दा परिसूचक २६१८ बिन्दुमा झरेको छ । 

    आज १४१ कम्पनीको मूल्य घटेको छ । ९१ कम्पनीको घट्दा ११ कम्पनीको मूल्य स्थिर रह्यो । आइतबार कुल १ करोड ११ लाख ३४ हजार कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ७३ करोड २४ लाख रुपैयाँको कारोबार भएको छ । 

    समग्र परिसूचक घटे पनि आइतबार लाइफ इन्स्योरेन्स कर्पोरेसन, रिभर फल्स पावर लिमिटेड र माइखोला हाइड्रोपावर लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यसैगरी समृद्धि फाइनान्स लिमिटेड र कालिन्चोक दर्शन लिमिटेडको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ । 

    आइतबार फाइनान्स र जीवन बिमा कम्पनीप्रति लगानीकर्ताको आकर्षण देखियो । आज फाइनान्स उपसमूह र जीवन बिमा उपसमूहको सूचक क्रमशः १.११ र १.१५ प्रतिशतले बढेको छ ।     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend