२०८३, आश्विन २१ गते

images
  • अर्थतन्त्र
  • उद्योगीको आरोपः कुलमानले असक्षमता लुकाउन पूर्वाग्रह...

उद्योगीको आरोपः कुलमानले असक्षमता लुकाउन पूर्वाग्रह राख्दै विद्युत कटौती गरे

उद्योगीको आरोपः कुलमानले असक्षमता लुकाउन पूर्वाग्रह राख्दै विद्युत कटौती गरे

सीएनएन खबर
आइतवार, कार्तिक ११ २०८१०५:४३
सीएनएन खबर
आइतवार, कार्तिक ११ २०८१०५:४३
  • images

    काठमाडौँ । नेपाल विद्युत प्राधिकरण नेतृत्वले असक्षमताको पोल खुल्ने डरले आफूहरुलाई दुख दिएको व्यवसायीहरुले आरोप लगाएका छन् । ठूला उद्योगी व्यवसायीहरुले आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङमाथि उक्त आरोप लगाएका हुन् । 

    उनीहरुले गत साउन ९ गते नेपाल बिद्युत् प्राधिकरण नेतृत्वले आफ्नो असक्षमताको पोल खुल्ने डरले देशभरका ठुला उद्योगमा पूर्वाग्रहपूर्ण तरिकाले बिजुली आपूर्ति बन्द गरेको बताएका छन् । 

    प्राधिकरणमा देखाइएको फर्जी नाफा, खरिद प्रक्रियामा भएको जालझेल आरोप, बिद्युत् पूर्वाधार निर्माणमा गरिएको बेइमानी लगायतका विषयमा पोल खुल्ने डरले आम सर्वसाधारणको ध्यान अन्तै मोडून प्राधिकरण नेतृत्व उद्योग तथा उद्योगी विरुद्ध योजनाबद्ध रूपले लागेको उनीहरुको भनाई थियो । 

    उद्योगीले नियमित रूपमा विद्युत् महसुल भुक्तानी गरेको भए पनि सर्वसाधारणमा भ्रम छर्ने गरी उद्योगीले विद्युत् महसुल नै नतिरेको सन्देश दिने गरी प्राधिकरणबाट भएका गतिविधि अन्यायपूर्ण मात्रै नभएर पूर्ण रूपमा गलत रहेको व्यवसायीले जारी गरेको विज्ञप्तीमा भनिएको छ । 

    ‘हामीले पटक पटक भन्दै आएका छौं, हामी उद्योगले नेपाल विद्युत् प्राधिकरणलाई कुनै महसुल तिर्न बाँकी छैन । हाल देखिएको विवाद ‘प्रिमियमाको मात्रै हो । हामीले तत्कालीन विद्युत् महसुल निर्धारण आयोगको १०३ औं र १०८ औं बैठकले तोकेका सर्त पुरा हुने गरी प्रमाण दिएको हदसम्म सबै प्रिमियम युक्ता गर्ने बारम्बार बताउँदै आएका छौँ’ उनीहरुले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘महसुल निर्धारण आयोगले डेडिकेटेड लाइनबाट लोडसेडिङको समयमा निर्वाध र निरन्तर २४ घण्टा बिजुली प्रयोग गर्ने ग्राहकबाट थप प्रिमियम लिन २०७२ पुस २१ गते स्वीकृति दिएको थियो ।’ 

    उनीहरुले ट्रकलाइनबाट ६ घण्टा लोडसेडिङ भएको अवस्थामा २० घण्टा निरन्तर बिजुली प्रयोग गर्ने ग्राहकबाट थप प्रिमियम लिन आयोगले २०७३ असार १६ गते प्राधिकरणलाई स्वीकृति दिएको बताए । 

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend