२०८३, आश्विन २१ गते

images

सेयर बजारमा हरियाली, ५ अर्बमाथिको कारोबार

सेयर बजारमा हरियाली, ५ अर्बमाथिको कारोबार

सोमवार, कार्तिक १२ २०८१०३:२७
सोमवार, कार्तिक १२ २०८१०३:२७
  • images

    काठमाडौं । केहि दिनको करेक्सन बेहोरेको सेयर बजारमा आज भने हरियाली छाएको छ । हिजो ९ अंकले घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) आज २७.४१ अंकले बढेको छ ।

    १.४ प्रतिशतले नेप्से बढ्दा परिसुचक २६४५ कायम भएको छ । आज १ करोड कित्ता सेयर किनबेच हुदा ५ अर्ब ३४ करोडको कारोबार भएको छ ।

    कारोबारमा आएका २१३ कम्पनिको सेयर मूल्य उकालो लागेका छन् भने २८ कम्पनिको सेयर मूल्य घट्यो । यस्तै २ कम्पनिको सेयर मूल्य स्थिर रहेको छ ।

    आज २ कम्पनिको मूल्यमा सकारात्मक सर्किट लागेको छ । जानकी फाइनान्स कम्पनि र डोल्टी पावर कम्पनिको मूल्य १० प्रतिशतले बढ्यो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend