२०८३, आश्विन २१ गते

images
  • राजनीति
  • एमाले कार्यालयको जग्गादान प्रक्रिया तत्काल यथास्थितिमा...

एमाले कार्यालयको जग्गादान प्रक्रिया तत्काल यथास्थितिमा राख्न अल्पकालीन आदेश

एमाले कार्यालयको जग्गादान प्रक्रिया तत्काल यथास्थितिमा राख्न अल्पकालीन आदेश

सोमवार, कार्तिक १२ २०८१०६:१५
सोमवार, कार्तिक १२ २०८१०६:१५
  • images

    काठमाडौं । नेकपा एमालेले व्यवसायी मीनबहादुर गुरुङबाट जग्गा दान लिएको प्रक्रिया तत्काल यथास्थितिमा राख्न सर्वोच्च अदालतले आदेश दिएको छ।

    न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो। एमालेको केन्द्रीय कार्यालय बनाउन व्यवसायी गुरुङले कीर्तिपुरमा १० रोपनी १४ आना जग्गा दान दिएका थिए।

    गुरुङले जग्गा दान दिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त रुपमा भवनको शिलान्यास पनि गरिसकेका छन्। भवन पनि उनैले बनाइदिने घोषणा गरेका छन्।

    तर अदालतमा मुद्दा चलिरहेको व्यक्तिसँग प्रधानमन्त्रीले जग्गा दान लिएको भन्दै चर्को आलोचना भइरहेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend