२०८३, आश्विन २१ गते

images
  • स्थानीय
  • लहानमा खसीको भनेर बाख्राको मासु बिक्री,...

लहानमा खसीको भनेर बाख्राको मासु बिक्री, नगरपालिकाले गर्याे कारवाही

लहानमा खसीको भनेर बाख्राको मासु बिक्री, नगरपालिकाले गर्याे कारवाही

सीएनएन खबर
मंगलवार, कार्तिक १३ २०८१०७:३४
सीएनएन खबर
मंगलवार, कार्तिक १३ २०८१०७:३४
  • images

    काठमाडौँ । लहान नगरपालिकाले बजार अनुगमनलाई तीब्र बनाएको छ । यसक्रममा सोमबार उपप्रमुख रामचलितर महतोको संयोजकत्वमा  बजार अनुगमन गरिएको छ । अनुगमनका क्रममा खसीको भनेर बाख्राको मासु बेच्ने पसलेलाई पाँच हजार रुपैयाँ जरिवाना गरिइएको  छ । 

    यसैगरी  ग्राहकको भीडभाड हुने लहान बर्गर हाउसले खानेतेल गुणस्तरहीन प्रयोग गरेको भनी ११ हजार जरिवान गरिएको उपप्रमुख महतोले जानकारी दिए । 

    अनुगमन टोलीमा इलाका प्रशासन, घरेलु, प्रहरी, पत्रकारलगायतको सहभागिता थियो । उपभोक्ताबाट बजारमा ठगी भइरहेको भन्ने गुनासोपछि बजार अनुगमन गरेको र अनुगमनलाई निरन्तरता दिने उपप्रमुख  महतोले बताए ।

    अनुगमनका क्रममा केही पसललाई सचेत गराइएको नगरपालिकाले जनाएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend