२०८३, आश्विन २१ गते

images

धनतेरसको दिन सुनको मूल्यमा नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

धनतेरसको दिन सुनको मूल्यमा नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

मंगलवार, कार्तिक १३ २०८१११:४३
मंगलवार, कार्तिक १३ २०८१११:४३
  • images

    काठमाडौँ । धनतेरसको दिन सुनको मूल्य हालसम्मकै उच्च भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको तथ्यांक अनुसार मंगलबार सुनको मूल्य हालसम्मकै उच्च भएको हो ।

    तथ्यांक अनुसार मंगलबार तोलामा १ हजार ५ सय रुपैयाँले बढेर सुनको मूल्य प्रति तोला १ लाख ६८ हजार ५ सय रुपैयाँ पुगेको  हो । सोमबार १ लाख ६७ हजार रुपैयाँ प्रति तोलामा कारोबार भएको थियो । सोमबार ४ सय रुपैयाँले घटेको सुनको मूल्य धनतेरसको दिन १५०० रुपैयाँले तोलामा बढेको हो ।


    चाँदी तोलामा २ हजार १ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ ।  मंगलबार चाँदी तोलामा ४० रुपैयाँले बढेको छ । सोमबार २ हजार ६५ रुपैयाँ प्रति तोलामा कारोबार भएको थियो ।

    हिन्दु परम्परामा सुन चाँदीका गरगहना तथा भाडाकुडा किन्ने चलन छ । सुन, चादीका पसलहरुमा भीडभाड हुने गर्छ । अघिल्ला वर्षहरु धन तेरसका दिन सबैभन्दा धेरै सुन चाँदीको कारोबार हुने गरेको थियो । पछिल्लो समय दैनिक रुपमा सुन, चाँदीको भाउले नयाँ रेकर्ड बनाइरहेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend