२०८३, आश्विन २१ गते

images

बालुवाटारमा रास्वपाको विरोध प्रदर्शन

बालुवाटारमा रास्वपाको विरोध प्रदर्शन

मंगलवार, कार्तिक १३ २०८१०३:५०
मंगलवार, कार्तिक १३ २०८१०३:५०
  • images

    काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बालुवाटारमा विरोध प्रदर्शन गरेको छ । सहकारी ठगी प्रकरणमा सभापति रवि लामिछाने पक्राउ परेपछि रास्वपाले विरोध प्रदर्शन गर्दै आएको छ ।

    रास्वपाले प्रधानमन्त्री निवासनजिकै प्रदर्शन गर्दा रास्वपाका नेता–कार्यकर्ता र प्रहरीबीच घम्साघम्सी नै चलेको छ । प्रहरीले धरपकड शुरु गरेपछि केहीबेर प्रहरी र प्रदर्शनकारीबीच घम्साघम्सी नै चलेको थियो ।

    मंगलबार बालुवाटारमा आयोजित विरोध प्रदर्शनमा प्रहरीले रास्वपाका प्रतिनिधिसभा सदस्य अशोक चौधरीसहित १७ जना कार्यकर्तालाई पक्राउ गरेको छ । 

    प्रहरीले सांसद चौधरीसहित रास्वपाका काठमाडौं जिल्ला सभापति प्रदीप विष्ट, ललितपुर सभापति बुद्धरत्न महर्जन, वीरेन्द्र श्रेष्ठ, सुरेश पोख्रेल, ध्रुब ढकाल, नवराज भण्डारी, प्रकाश लामिछाने, रक्षा रायमाझी, साहिल पृयास र सबि खड्कालगायतलाई पक्राउ गरेको छ ।

    रास्वपाका कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले वक्तव्य जारी गरी शान्तिपूर्ण रूपमा उभिएर छलफल गर्दै गर्दा प्रहरीले दमन गरेको बताउँदै भर्त्सना गरेका छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend