काठमाडौँ । चीन सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भ्रमणको निम्तो पठाएको छ ।
प्रधानमन्त्री ली छ्याङले प्रधानमन्त्री ओलीलाई पत्र पठाउँदै डिसेम्बर २ देखि ६ सम्मको भ्रमण निम्तो दिएका हुन् ।
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका गएका बेला प्रधानमन्त्री ओली र चिनियाँ विदेशमन्त्री वाङ यीबीच असोज ११ गते न्यूयोर्कमा भेट भएको थियो।
उक्त भेटमा वाङले नोभेम्बरको अन्तिम या डिसेम्बरको सुरूवातमा भ्रमण गर्ने गरी प्रधानमन्त्री ओलीलाई निम्ता गर्ने बताएका थिए। सोहीअनुसार नै चीनबाट निम्तो आएको बुझिएको छ ।
प्रधानमन्त्री चीन जाने नजाने भन्ने विषय भने टुंगो लागि सकेको छैन ।

