२०८३, आश्विन २१ गते

images
  • राजनीति
  • सहकारी होस् वा मानव तस्करी, गल्ती...

सहकारी होस् वा मानव तस्करी, गल्ती गर्नेले सजाय भोग्नैपर्छ : गगन थापा

सहकारी होस् वा मानव तस्करी, गल्ती गर्नेले सजाय भोग्नैपर्छ : गगन थापा

शनिवार, कार्तिक २४ २०८१०३:४४
शनिवार, कार्तिक २४ २०८१०३:४४
  • images

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कानूनविपरीत कार्य गर्ने सबै जनालाई अनुसन्धानको दायरामा आउनुपर्ने बताएका छन् ।

    सामाजिक सञ्जाल फेसबुकमार्फत उनले कोहीप्रति कुनै प्रकारको पूर्वाग्रह वा पक्षपात नगरी कानूनले स्वतन्त्र र निर्भिक रूपमा आफ्नो काम गर्न पाउनु नै कानूनी शासनको मान्यता भएको बताएका हुन् ।

    उनले लेखेका छन् कोहीप्रति कुनै प्रकारको पूर्वाग्रह वा पक्षपात नगरी कानुनले स्वतन्त्र र निर्भीक रूपमा आफ्नो काम गर्न पाउनुपर्छु कानुनी शासनको मान्यता यही हो।कानुन विपरीत कार्य गर्ने सबै जना कानुनी प्रक्रिया अनुसार अनुसन्धानको दायरामा आउनुपर्छ।

    सहकारी प्रकरण होस् की जनप्रतिनिधि मानव तस्करीमा संलग्न रहेको प्रकरण होस्, यस्ता प्रकरणमा संलग्न सत्ताको नजिकको होस की टाढाको होस्, नयाँ होस् की पुरानो होस्, भिडको होस् की टाकुराको होस्, एक्लो होस् की शक्तिशाली होस् कानुन सबैको लागी बराबर हुनुपर्छ। गल्ती गर्नेले सजाय भोग्नुपर्छ। सबै कानुनी दायरामा आउनुपर्छ र सबैले आफ्नो भागको कानुनी दायित्व बोक्नुपर्छ।

    उनले थपेका छन्, ‘कुनै पनि व्यक्तिलाई राज्यले सेलेक्टिभ ढङ्गले हेर्न पाइँदैन । यो विचार, आवद्धता वा पृष्ठभूमिको आधारमा हुने छनोटको विषय होइन, विधिको विषय हो । म यो मान्यतामा अटल विश्वास गर्छु । त्यसैले बन्द कोठाको बैठकमा होस् कि सार्वजनिक स्थानमा होस्, पार्टी सरकारमा हुँदा होस् कि प्रतिपक्षमा हुँदा होस्, मेरो यो मान्यता र विश्वास बदलिँदैन ।’

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend