२०८३, आश्विन २१ गते

images

कृत्रिम अभाव सिर्जना गरी हवाइ भाडा बढाउने हवाई कम्पनिहरुमाथि कारवाही गर्ने क्यानको चेतावनी

कृत्रिम अभाव सिर्जना गरी हवाइ भाडा बढाउने हवाई कम्पनिहरुमाथि कारवाही गर्ने क्यानको चेतावनी

शनिवार, कार्तिक २४ २०८१०३:५४
शनिवार, कार्तिक २४ २०८१०३:५४
  • images

    काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले ट्राभल एजेन्सीहरुलाई  एकमुष्ट रुपमा टिकट बिक्रीको अधिकार हस्तान्तरण गर्ने व्यवस्था (टिबिए) खारेज गर्ने भएको छ ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द हुने भएपछि हवाई टिकटको उपलब्धता र सहज हवाई यातायात संचालनका लागि प्राधिकरणले यस्तो निर्णय गरेकाे हो ।


    आज बसेको नेपाल नागरिक उड्डयन प्राधिकरण, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, परराष्ट्र मन्त्रालय, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय तथा अन्तर्राष्ट्रिय उडान गर्ने स्वदेशी तथा विदेशी वायुसेवा कम्पनीका प्रतिनिधिहरुको बैठकले ५ बुँदे निर्णय गरेको छ ।

    प्राधिकरणले बोलाएको बैठकमा बोल्दै नेपाल नागरिक उड्डयन प्राधिकरणका महाप्रबन्धक प्रदिप अधिकारीले कृत्रिम अभाव सिर्जना गरेर हवाई भाडा बढाउने हवाई कम्पनिहरुमाथि कार्वाही गर्ने चेतावनी दिएका छन् । उनले कतार एयरलाइन्सलगायतका केही हवाई कम्पनिले महंगोमा टिकट वेचेर कालोवजारी गरेको भन्दै यसमा एक्सन हुने बताए ।

    यस्ता छन् ५ बुँदे निर्णयहरु:-
    १. सम्पूर्ण वायुसेवा संचालकहरुले ट्राभल एजेन्सीहरुलाई पछि टिकट विक्री गर्ने गरी एकमुष्ट रुपमा टिकट बिक्रीको अधिकार हस्तान्तरण गर्ने व्यवस्था (टिबिए) खारेज गर्ने र सम्पूर्ण वायुसेवा कम्पनीहरुले यसको अनिवार्य पालना गर्ने ।

    २.सबै वायुसेवा संचालकहरुले द्विपक्षीय हवाई सेवा सम्झौताको प्रिसिङ शिर्षकमा उल्लेख भए अनुसार ‘उपभोक्तालाई मर्का पर्ने गरी अनुचित हवाई भाडा असुल गर्न नहुने’ प्रावधानको पूर्णतः पालना गर्नु पर्ने ।

    ३. सबै वायुसेवा संचालकहरुले उडान वृत्त वमोजिमको हवाई भाडा सूचि तोक्ने तथा सार्वजनिक गर्नुपर्ने । ट्राभल एजेन्सीहरुसँग टिकट विक्रीको सम्झौता गर्दा निश्चित संख्या मात्र विक्री गर्न सकिने र तोकिएको परिधिमा रही मात्र सेवा शुल्क लिने गरी व्यवस्था मिलाउने जिम्मेवारी वायुसेवा संचालकको हुनेछ ।

    ४. तोकिए वमोजिमको हवाई भाडा मात्र कायम राख्ने जिम्मेवारी वायुसेवा संचालकको हुनेछ । वायुसेवा संचालकहरुले उपभोक्ता अधिकार सुनिश्चित हुने गरी कार्य गर्नुपर्ने

    ५. माथि उल्लेखित प्रावधानहरुको पालनाका सम्बन्धमा कुनै गुनासो भएमा नेपाल नागरिक उड्डयन प्राधिकरण प्रधान कार्यालयमा वा प्राधिकरणका बरिष्ठ अधिकृत श्री विष्णु प्रसाद पौडेल (मोबाइल नं. ९८४२१७०७२९) सँग सम्पर्क गर्न सकिने ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend