काठमाडौं । मानव तस्करीमा मुछिएका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई २ दिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ । उनलाई आजै विराटनगरबाट पक्राउ गरी काठमाडौँ जिल्ला अदालतमा पेस गरिएको थियो ।
न्यायाधीश खिमानन्द भुसालको एकल इजलासले उनलाई दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । अधिकारी कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री हुन् । उनीमाथि सरकारी कागजात कीर्ते र मानव तस्करीको आरोप रहेको छ ।
पदको दुरूपयोग गर्दै गैरकानुनी तरिकाले उनी खोटाङका ३६ वर्षीय दावा शेर्पा, खोटाङकै जनक राई र रसुवा घर भएका २२ वर्षीय कञ्चन देवकोटालाई लिएर जापान पुगेका थिए । तर त्यहाँको अध्यागमनले उनीहरूलाई डिपोर्ट गरिदिएपछि उक्त प्रकरण सार्वजनिक भएको थियो ।
उक्त प्रकणमा नेपाल फर्किएपछि उनले नैतिकताका आधारमा पदबाट राजीनामा दिएका थिए भने शनिबार मात्रै नेकपा एमालेले निलम्बन गरेको थियो ।

