२०८३, आश्विन २१ गते

images

हवाई भाडा नियन्त्रणको माग गर्दै सांसदले नै गरे माइतीघरमा प्रदर्शन

हवाई भाडा नियन्त्रणको माग गर्दै सांसदले नै गरे माइतीघरमा प्रदर्शन

आइतवार, कार्तिक २५ २०८१०७:०६
आइतवार, कार्तिक २५ २०८१०७:०६
  • images

    काठमाडौँ । हवाई भाडामा भएको महँगी नियन्त्रणको माग गर्दै आज नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंको नेतृत्वमा माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ । 

    टिकट महँगिएकाले मुलुकको नागरिक उड्डयन र पर्यटन क्षेत्रमा असर परेको भन्दै सांसद बजगाईंको नेतृत्वमा ब्यानर र प्लेकार्टसहित प्रदर्शन गरिएको हो । महङ्गो हवाई भाडा दर घटाउने उपाय खोज्न ध्यानाकर्षणका लागि दबाबस्वरूप प्रदर्शन गरिएको सांसद बजगाईंले बताए ।

    नेपालमा हवाई भाडा महँगो हुँदा रोजगारीका सिलसिलामा विभिन्न देश जानुपर्ने मानिसहरू भारत हुँदै जान थालेकामा उनले चिन्ता व्यक्त गरे। सांसद बजगाईँले गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको पूर्ण व्यवस्थापन र प्रभावकारी सञ्चालनका लागि साङ्केतिक दबाबका लागि पनि प्रदर्शन गरिएको बताए ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द भएसँगै हवाई भाडादर महँगिएको गुनासो बढेपछि शनिबार नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले तोकिएको मात्रै हवाई भाडा लिन र हवाई टिकटको उपलब्धता सहज र सुलभ बनाउन निर्देशन दिएको थियो ।
         
    हवाई भाडा नियन्त्रणका सम्बन्धमा प्राधिकरण, अन्तर मन्त्रालयका प्रतिनिधि र स्वदेशी तथा विदेशी हवाई कम्पनीका प्रतिनिधिहरूको बैठकले पाँचबुँदे सहमति गरेको थियो ।

    यही कात्तिक २३ गतेदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘ट्याक्सी वे’ निर्माणको कार्य सुरु भएको छ । उडान समय कटौती भएपछि एयरलाइन्सहरुले महङ्गो हवाईभाडा लिएको गुनासो आइरहेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend