२०८३, आश्विन २१ गते

images
  • राजनीति
  • बालुवाटारमा मन्त्रिपरिषद्को बैठक, मन्त्री हेरफेरको मुडमा...

बालुवाटारमा मन्त्रिपरिषद्को बैठक, मन्त्री हेरफेरको मुडमा प्रधानमन्त्री ओली

बालुवाटारमा मन्त्रिपरिषद्को बैठक, मन्त्री हेरफेरको मुडमा प्रधानमन्त्री ओली

आइतवार, कार्तिक २५ २०८१०७:२४
आइतवार, कार्तिक २५ २०८१०७:२४
  • images

    काठमाडौँ । मन्त्रिपरिषद् बैठक बालुवाटारमा सुरु भएको छ ।  प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा केहीबेरदेखि बैठक जारी रहेको उनको सचिवालयले जानकारी गराएको छ। 

    बैठकका एजेन्डाबारे जानकारी गराइएको छैन। गएको बिहीबार बस्नुपर्ने मन्त्रिपरिषद् बैठक प्रधानमन्त्री अस्वस्थ भएपछि स्थगित भएको थियो। 

    प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् हेरफेरको तयारी गरेका छन्। प्रधानमन्त्री निकट स्रोतका अनुसार प्रधानमन्त्री ओालीले केही मन्त्रीको जिम्मेवारी हेरफेर र नयाँ मन्त्री नियुक्तिको तयारी गरेका हुन्। 

    मन्त्री हेरफेरको तयारी भएको बताईएतापनि को को मन्त्रीको जिम्मेवारी हेरफेर हुन्छ भन्ने सार्वजनिक गरिएको छैन् ।

    स्रोतका अनुसार, एक दुई दिनमै प्रधानमन्त्री ओलीले यसबारे निर्णय लिनेछन्। 

    गत असार ३० गते ओली प्रधानमन्त्री नियुक्त भएका थिए। लगत्तै भोलिपल्ट प्रधानमन्त्री ओलीले २२ सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेका थिए। 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend