२०८३, आश्विन २१ गते

images
  • राजनीति
  • एमालेलाई जग्गा दान गरेको रिटको पेशी...

एमालेलाई जग्गा दान गरेको रिटको पेशी हेर्न नमिल्नेमा

एमालेलाई जग्गा दान गरेको रिटको पेशी हेर्न नमिल्नेमा

सोमवार, कार्तिक २६ २०८१०१:४३
सोमवार, कार्तिक २६ २०८१०१:४३
  • images

    काठमाडौं । नेकपा एमालेलाई व्यवसायी मीनबहादुर गुरूङले पार्टी कार्यालय दिन जग्गा दान गरेकोविरूद्ध परेको रिट हेर्न नमिल्नेमा राखिएको छ ।

    अधिवक्ता ज्ञानबहादुर बस्नेतसहित तीन जनाले दिएको रिटको सुनुवाई सोमबार अदालतका न्यायाधीशहरू सुवेदी र पाण्डेयको इजलासमा परेको हो । उक्त इजलासले हेर्न नमिल्नेमा राखेको छ ।

    प्रारम्भिक सुनुवाइपछि सर्वोच्च अदालतले १२ कात्तिकमा अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । सर्वोच्च अदालतले अन्तरिम आदेशले निरन्तरता पाउने वा नपाउने भन्ने तय गर्न सोमबारका लागि दुवै पक्षलाई सुनुवाइका लागि बोलाएको थियो ।

    अधिवक्ता बस्नेतले रिटमा गुरूङ र एमाले पार्टी कार्यालयलाई विपक्षी बनाएका छन् । उनले भ्रष्टाचार र सरकारी जग्गा व्यक्तिगत बनाउने अभियोग लागेका व्यवसायीबाट पार्टीले जग्गा दान लिने विषय कानुनको मर्म र नैतिकता विपरीत भएको रिट निवेदनमा जिकिर गरेका छन् ।

    राजनीतिक दल र राजनीतिका नाममा लिनेरदिने चन्दा दान पारदर्शी बनाउन परमादेश दिन समेत उनले माग गरेका छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend