२०८३, आश्विन २१ गते

images
  • राजनीति
  • माओवादीले समाजवादी मोर्चामा रहेका दलसँग मात्र...

माओवादीले समाजवादी मोर्चामा रहेका दलसँग मात्र चुनावी तालमेल गर्ने(भिडियो)

माओवादीले समाजवादी मोर्चामा रहेका दलसँग मात्र चुनावी तालमेल गर्ने(भिडियो)

सोमवार, कार्तिक २६ २०८१०१:४५
सोमवार, कार्तिक २६ २०८१०१:४५
  • images

    काठमाडौं । आसन्न स्थानीय तह उपनिर्वाचनमा माओवादी केन्द्रले समाजवादी मोर्चामा रहेका दलसँग मात्र चुनावी तालमेल गर्ने भएको छ। सोमबार बिहान बसेको पदाधीकारी बैठकले सत्ता साझेदार दलसँग चुनावी सहकार्य नगर्ने निर्णय गर्दै समाजवादी मोर्चासँग सहकार्यको ढोका खुला राखेको हो।

    मोर्चामा स्थानीय तह उपनिर्वाचन अघि भने मोर्चाका नेताहरुबीच छलफलसमेत चलाउने तयारी माओवादी केन्द्रको छ। तर सत्ता साझेदार दलसँग भने उपनिर्वाचनको सन्दर्भमा छलफल र सहकार्य नगर्ने माओवादीले जनाएको छ।

    बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादीको माहोल देशभर राम्रो हुँदै गएको सुनाउँदै चुनाव जित्ने सम्भावना रहेको संश्लेषण गरेका थिए। त्यसैले माओवादी केन्द्रको पक्षमा नतिजा निकाल्ने गरी अझै मिहिनेत गर्न उनले नेताहरुलाई निर्देशनसमेत दिएका थिए।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend