२०८३, आश्विन २१ गते

images
  • स्थानीय
  • रामपुरका तीन सय सात जना किसानलाई...

रामपुरका तीन सय सात जना किसानलाई अनुदानमा गहुँको बीउ वितरण

रामपुरका तीन सय सात जना किसानलाई अनुदानमा गहुँको बीउ वितरण

सीएनएन खबर
मंगलवार, कार्तिक २७ २०८१०७:४०
सीएनएन खबर
मंगलवार, कार्तिक २७ २०८१०७:४०
  • images

    काठमाडौँ । रामपुर नगरपालिकाका किसानलाई अनुदानमा गहुँको बीउ वितरण गरिएको छ । एक हजार छ सय २८ किलो गौतम, पाँच हजार आठ सय ३२ किलो विजय जात गरी जम्मा सात हजार चार सय ६० किलो गहुँको बीउ वितरण गरिएको कृषि शाखा प्रमुख नारायणप्रसाद गैरेले जानकारी दिए । 

    रामपुरका तीन सय सात जना किसानले अनुदानमा गहुँको बीउ प्राप्त गरेका छन् । नगरपालिकाले ५० प्रतिशत अनुदानमा किसानलाई बीउ उपलब्ध गराएको छ । 

    सार्वजनिक सूचना जारी गरी किसानको मागका आधारमा बीउ उपलब्ध गराइएको कृषि शाखाले जनाएको छ । नगरपालिकाको अनुदान सहयोगमा बीउ पाएपछि किसानमा उत्साह थपिएको मथुरा ढकालले बताउनुभयो । 

    नगरपालिकाले सार्वजनिक सूचना जारी गरी किसानको मागका आधारमा धान, गहुँ, मकैलगायत बीउबिजन वितरण गर्दै आइरहेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend