काठमाडौँ । पछिल्लो केही दिन यता बढ्दै आएको सुनको मूल्य मंगलबार भने घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको तथ्यांक अनुसार मंगलबार सुनको मूल्य तोलामै २ हजार ४ सय रुपैयाँले घटेको हो।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रति तोला एक लाख ६२ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ। अघिल्लो कारोबार दिन सोमबार छापावाला सुन प्रतितोला १ लाख ६५ हजार रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, यो दिन चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँले घटेको छ । आज चाँदीको मूल्य प्रतितोला १ हजार ९ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन आइतबार चाँदी १ हजार ९ सय ५५ रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी, यो दिन प्रति १० ग्राम सुनको मूल्य १ लाख ३९ हजार ४ सय ५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ६ सय ५० रुपैयाँ ५० पैसा कायम भएको छ ।

