२०८३, आश्विन २१ गते

images
  • राजनीति
  • कांग्रेसले दिएको दैवी प्रकोप उद्धार कोषको...

कांग्रेसले दिएको दैवी प्रकोप उद्धार कोषको रकम नै गायव

कांग्रेसले दिएको दैवी प्रकोप उद्धार कोषको रकम नै गायव

मंगलवार, कार्तिक २७ २०८१०१:३१
मंगलवार, कार्तिक २७ २०८१०१:३१
  • images

    काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको रकम नै गायव भएको पाइएको छ । प्रधानमन्त्री कार्यालयले सार्वजनिक गरेको कार्तिक २६ गतेसम्म सहयोग गर्ने दाताहरूको सूचीमा सत्तारुढ नेपाली कांग्रेसले जम्मा गरेको रकम नै गायव भएको पाइएको हो । 

    उक्त सूचीमा कांग्रेसको नाम र सहयोग गरेको रकम दुबै समावेश गरिएको छैन् । कांग्रेसले बाढी पहिरो पीडितहरूको राहत तथा पुनःस्थापनाका लागि भनेर गत असोज २० गते दैवी प्रकोप उद्धार कोषमा प्रधानमन्त्रीमार्फत ५० लाख रुपैयाँ जम्मा गरेको थियो । 

    यसबारे जिज्ञासा राख्दा कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेल आफूहरूले दिइसकेको यसबारे प्रधानमन्त्री कार्यालयमै बुझ्न आग्रह गरे । 

    दैवीप्रकोप उद्धार कोषमा हालसम्म ८६ दाता तथा विवरण नखुलेका अन्यबाट गरी कुल एक अर्ब ८९ करोड ३४ लाख ८१ हजार ४६७ रुपैयाँ जम्मा भएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend