२०८३, आश्विन २१ गते

images

घट्यो नेप्से, ७ अर्ब ८५ करोडको सेयर किनबेच

घट्यो नेप्से, ७ अर्ब ८५ करोडको सेयर किनबेच

मंगलवार, कार्तिक २७ २०८१०३:४६
मंगलवार, कार्तिक २७ २०८१०३:४६
  • images

    काठमाडौं । सेयर बजारमा ११.२४ अंकको गिरावट आएको छ । साताको कारोबारको तेस्रो दिन मंगलबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ११.२४ अंकले घटेर २७४८.९६ बिन्दुमा रोकिएको छ । 

    अघिल्लो कारोबार दिन सोमबार नेप्से २२.१४ अंकले बढेर २७६०.२१ बिन्दुमा रोकिएको थियो भने आइतबार पनि नेप्सेमा ६२.५४ अंक अर्थात् २.३३ प्रतिशतले बढेर २७३८.०६ बिन्दुमा पुगेको थियो ।

    मंगलबार सूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ । आज नेप्सेमा कुल ७ अर्ब ७६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार नेप्सेमा कुल ११ अर्ब बढीको कारोबार भएको थियो भने आइतबार ९ अर्ब ४२ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । 

    मंगलबार कारोबारमा आएकामध्ये ८० कम्पनीको सेयर मूल्य बढ्दा १५७ कम्पनीको घटेको छ । यस्तै, ७ कम्पनीको सेयर मूल्य भने स्थिर छ ।

    मंगलबार गुराँस लघुवित्त वित्तीय संस्था, मेन्छीयाम् हाइड्रोपावर, बेस्ट फाइनान्स कम्पनी र एनएलजी इन्स्योरेन्स कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ । यस्तै, गुडवील फाइनान्सको सेयर मूल्य ९.३६ प्रतिशतले घटेको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend