काठमाडौँ । नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठकले काटिएका उद्योगमा पुनः विद्युत सुचारु गर्ने निर्णय गरेको छ । मंगलबार बसेको प्राधिकरण बोर्ड बैठकले काटिएका उद्योगहरुमा बिजुली जोड्ने निर्णय गरेको हो ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सुरेश आचार्यले मंगलबारको बोर्ड बैठकले उक्त निर्णय गरेको जानकारी दिए।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले लाइन काटिएका उद्योगमा बिजुली जोड्ने र महसुल बक्यौता पनि असुल गर्ने निर्णय गरेको थियो।
मन्त्रिपरिषद्को उक्त निर्णयसँगै ऊर्जा मन्त्रालयले १५ दिनभित्र टीओडी मिटरको आधारमा बक्यौता रहेका उद्योगमा बिल काट्न र बक्यौता उठाउन निर्देशन दिएको थियो।

