२०८३, आश्विन २१ गते

images

चौध अंकले घट्यो नेप्से परिसूचक, यी हुन सबैभन्दा धेरै कमाउने कम्पनी ?

चौध अंकले घट्यो नेप्से परिसूचक, यी हुन सबैभन्दा धेरै कमाउने कम्पनी ?

बुधवार, कार्तिक २८ २०८१०३:२४
बुधवार, कार्तिक २८ २०८१०३:२४
  • images

    काठमाडौँ । बुधबार नेप्से परिसूचक १४.१२ अंकले घटेर २७३४.८३ अंक विन्दुमा आइपुगेको छ । आज १ करोड ५३ लाख कित्ता सेयर ७ अर्ब ९१ करोड १९ लाखमा खरिद बिक्री भएको छ ।

    बुधबार ९९ वटा कम्पनीको सेयर मूल्य बढ्दा १३८ वटा कम्पनीको घटेको छ भने ७ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

    त्यसैगरि, सप्तकोशी डेभलपमेन्ट बैंक, सिर्जनशील लघुवित्तमा १०५, मकर जितुमाया सुरी हाइड्रोपावर, पोखरा फाइनान्स, समृद्वि फाइनान्समा ९.९९ प्रतिशतले सकरात्मक सर्किट लागेको छ ।

    रावा इनर्जीको ९.९१५, बलेफी हाइड्रोपावरको ९.८८५, सपोर्ट माइक्रो फाइनान्सको ९.१५५, जानकी फाइनान्सको ९५, ग्रीन डेघलपमेन्ट बैंकको ८.८० प्रतिशतले सेयर मूल्य बढेको छ ।

    उक्त कम्पनीको मूल्य बढ्दा कुथेली बुखारी हाइड्रोपावरको सेयरमा भने नकारात्मक सर्किट लागेको छ। नेप्सेका अनुसार कम्पनीको सेयर १० प्रतिशतले घट्दा लगानीकर्ताले क्रमशः ३०९.९० रुपैयाँ प्रतिसेयर नोक्सानी व्यहोरेका छन्। यसबाहेक समाज लघुवित्तको ४.९३ प्रतिशत, एनएलजी इन्स्योरेन्स ४.०४ प्रतिशत र बुटवल पावर कम्पनीको ३.६३ प्रतिशतले सेयर मूल्य घटेको छ।

    आज विकास बैंक, फाइनान्स, जलविद्युत्, म्युचुअल फन्ड बढ्दा नेप्सेको ठूलो गिरावट थामिनपुगेको देखिएको छ। 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend