२०८३, आश्विन २१ गते

images
  • अर्थतन्त्र
  • राजश्व भुक्तानीमा कडाई बन्दै भरतपुर कार्यालय,...

राजश्व भुक्तानीमा कडाई बन्दै भरतपुर कार्यालय, कर नबुझाउने १ सय ४६ जनाको बैंक खाता रोक्का

राजश्व भुक्तानीमा कडाई बन्दै भरतपुर कार्यालय, कर नबुझाउने १ सय ४६ जनाको बैंक खाता रोक्का

बिहिवार, कार्तिक २९ २०८१०७:१७
बिहिवार, कार्तिक २९ २०८१०७:१७
  • images

    काठमाडौँ । आन्तरिक राजस्व कार्यालय भरतपुरले एक सय ४६ करदाताको बैंक खाता रोक्का गरेको छ । कार्यालयले एक लाख रुपैयाँभन्दा बढी बक्यौता हुने ती करदातालाई कालोसूचीमा राखेर उनीहरुको बैंक खाता रोक्का गरेको हो ।
     
    कार्यालयका सूचना अधिकारी एवं कर अधिकृत विमल पौडेलका अनुसार कालोसूचीमा राखिएका करदातालाई पत्राचार गर्ने, सम्पर्क गर्ने, सूचना जारी गर्दासमेत सम्पर्कमा नआएपछि उनीहरुको बैंक खाता रोक्का गरिएको हो ।
     
    कार्यालयमा रहेका करदतामध्ये चार सय ९५ करदाताले मूल्य अभिवृद्धि करको ६५ करोड ९७ लाख रुपैयाँ बक्यौता तिर्न बाँकी छ । त्यस्तै आयकरतर्फ तीन सय २३ करदाताले ९४ करोड रुपैयाँ बक्यौता तिर्न बाँकी रहेको उनले बताए । 

    कार्यालयमा हाल मूल्य अभिवृद्धि करतर्फ १० हजार चार सय करदाता छन् भने जम्मा करदाता ५८ हजार चार सय ५५ रहेको पौडेलले जानकारी दिए ।
     
    पौडेलका अनुसार कार्यालयले चालु आर्थिक वर्षमा छ अर्ब ६२ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ । जुन लक्ष्यको ८८ दशमलब ३६ प्रतिशत हो । 

    सूचना अधिकारी पौडेलका अनुसार राजस्व विभागले चालु आवको कात्तिक मसान्तसम्ममा सात अर्ब ६६ करोड ५९ हजार रुपैयाँ राजस्व सङ्कलनको लक्ष्य दिएको थियो । चाडपर्व, व्यावसायिक गतिविधिमा कमी, कर सहभागितामा कमीलगायतका कारण लक्ष्यअनुसार राजस्व सङ्कलनमा कमी आएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend