२०८३, आश्विन २१ गते

images

तोलामै २२ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

तोलामै २२ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

बिहिवार, कार्तिक २९ २०८११०:५५
बिहिवार, कार्तिक २९ २०८११०:५५
  • images

    काठमाडौँ । सुनको मूल्य बिहीबार पनि घटेको छ । केही दिन अघिसम्म दैनिक बढेर रेकर्ड बेक्र गरेको सुनको मूल्य पछिल्लो केही दिन घट्न थालेको हो । 

    नेपाल सुनचाँदी व्यवसायी महासंघको तथ्यांक अनुसार बिहीबार सुनको मूल्यमा तोलामा २२ सय रुपैयाँले घटेको हो । तथ्यांक अनुसार आजका लागि छापावाल सुन प्रतितोला १ लाख ६० हजार रुपैयाँ कायम भएको हो । 

    तथ्यांक अनुसार सुनको मूल्य बुधबार प्रतितोला ४ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ६२ हजार ६ सय रुपैयाँ कायम भएको थियो ।

    आज प्रति १० ग्राम छापावाल सुनको भाउ १ लाख ३७ हजार १७५ रुपैयाँ तोकिएको छ ।

    आज चाँदीको भाउ वपा तोलामा ३५ रुपैयाँले घटेर प्रतितोला १ हजार ९ सय ५ रुपैयाँमा झरेको छ । आज १० ग्राम चाँदीको भाउ १ हजार ६ सय ३३ रुपैयाँ तोकिएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend