२०८३, आश्विन २१ गते

images
  • राजनीति
  • काठमाडौंमा माओवादी र एकीकृत समाजवादीले चुनावी...

काठमाडौंमा माओवादी र एकीकृत समाजवादीले चुनावी तालमेल गर्ने

काठमाडौंमा माओवादी र एकीकृत समाजवादीले चुनावी तालमेल गर्ने

शनिवार, मंसिर १ २०८११०:१८
शनिवार, मंसिर १ २०८११०:१८
  • images

    काठमाडौं । मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले काठमाडौंमा चुनावी तालमेल गर्ने  भएका छन् । शनिबार माओवादी उपाध्यक्ष अग्निप्रसाद सापकोटा र एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेबीच चुनावी तालमेलबारे सहमति भएको हो ।

    उनीहरुले काठमाडौंको कीर्तिपुर नगरपालिकाको मेयर र काठमाडौं महानगरपालिका वडा नं १६ को अध्यक्षमा तालमेल गर्ने सहमति गरेका हुन् । सहमतिअनुसार कीर्तिपुरको मेयरमा माओवादी केन्द्रका उम्मेदवार प्रा.डा.शिवशरण महर्जनलाई नेकपा एकीकृत समाजवादीले सघाउनेछ । काठमाडौं महानगरको १६ नम्बर वडाध्यक्षमा नेकपा एसका मीनबहादुर मानन्धरलाई माओवादीले सघाउनेछ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend