२०८३, आश्विन २१ गते

images

नेपाल टेलिकमको फोन कल र डाटामा समस्या

नेपाल टेलिकमको फोन कल र डाटामा समस्या

सीएनएन खबर
आइतवार, मंसिर २ २०८११२:४५
सीएनएन खबर
आइतवार, मंसिर २ २०८११२:४५
  • images

    काठमाडौं । सरकारी दूरसञ्चार सेवाप्रदायक कम्पनी नेपाल टेलिकमको कल (भ्वाइस) तथा डाटा सेवामा समस्या आएको छ । आइतबार करिब आधा घण्टासम्म जीएसएम नेटवर्कको फोन कल तथा मोबाइल इन्टरनेटमा समस्या आएको हो ।

    टेलिकमका प्रवक्ता हरि ढकालले आइतबार मध्याह्न १२ बजेर १० मिनेटमा सम्पर्क हुँदा भने समस्या समाधान भइसकेको बताए । आज बिहान ११ बजेबाट समस्या आएको थियो । 
    उनले भने, “जीएसएमको भ्वाइस र डाटा दुवैमा करिब आधा घण्टा समस्या आएको थियो । अहिले समाधान भइसकेको छ ।”

    समस्या के कारणले आएको हो भन्ने विषयमा प्राविधिक टिमले जानकारी दिइनसकेको उनले बताए । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend