२०८३, आश्विन २१ गते

images
  • राजनीति
  • ढुंगानाको पार्थिक शरीरमा प्रधानमन्त्रीले ओढाए राष्ट्रिय...

ढुंगानाको पार्थिक शरीरमा प्रधानमन्त्रीले ओढाए राष्ट्रिय झण्डा

ढुंगानाको पार्थिक शरीरमा प्रधानमन्त्रीले ओढाए राष्ट्रिय झण्डा

सोमवार, मंसिर ३ २०८१०२:२७
सोमवार, मंसिर ३ २०८१०२:२७
  • images

    काठमाडौं । प्रधानमन्त्री केपी ओलीले स्वर्गिय पूर्वसभामुख दमननाथ ढुंगानाप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। प्रधानमन्त्री ओलीले सानो गौचरण पुगेर ढुंगानाको पार्थिव शरीरमा राष्ट्रिय झन्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका हुन्। 

    श्रद्धाञ्जलीका लागि प्रधानमन्त्री, पूर्वप्रधानमन्त्रीहरू, उपप्रधानमन्त्रीहरू, मन्त्री, सांसद, विभिन्न राजनीतिक दलका नेता, कानुनव्यवसायी, पत्रकार, आफन्तजन लगायत सानो गौचरण पुगेका छन्।

    ढुंगानाको आजै पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने छ। पूर्वसभामुख वरिष्ठ अधिवक्ता दमननाथ ढुंगानाको आइतबार निधन भएको थियो । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend