२०८३, आश्विन २१ गते

images
  • राजनीति
  • ढुंगानाको निधनप्रति कांग्रेसले आधा झण्डा झुकाउने...

ढुंगानाको निधनप्रति कांग्रेसले आधा झण्डा झुकाउने र शोकसभा गर्ने

ढुंगानाको निधनप्रति कांग्रेसले आधा झण्डा झुकाउने र शोकसभा गर्ने

सोमवार, मंसिर ३ २०८१०२:५६
सोमवार, मंसिर ३ २०८१०२:५६
  • images

    काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको निधनप्रति नेपाली कांग्रेसले कार्यालयमा झण्डा आधा झुकाउने र एक दिन कार्यालय बन्द गर्ने निर्णय गरेको छ।

    सोमबार बिहान आकस्मिक बैठक बसेर १३ औं दिनमा केन्द्रमा शोक सभाको आयोजना गर्ने निर्णय समेत गरेको हो। 
    ढुंगानाको निधनप्रति बैठकले गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण समेत गरेको छ । साथै, दिवंगत आत्माको चीर शान्तिको कामना साथ शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ। 

    ‘२०८१ मंसिर ३ र ४ गते दुई दिनसम्म पार्टीको केन्द्रीय कार्यालयमा झण्डा आधा झुकाउने। २०८१ मंसिर ४ गते मंगलबारका दिन केन्द्रीय कार्यालय बन्द गर्ने । स्वर्गारोहणको १३औं दिनमा केन्द्रमा शोकसभाको आयोजना गर्ने,’ बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ।

    सोमबार र मंगलबार दुई दिनसम्म पार्टीको केन्द्रिय कार्यालयमा झण्डा आधा झुकाउने निर्णय गरेको पार्टीका महामन्त्री गगन थापाले बताए । साथै मंगलबारका दिन केन्द्रिय कार्यालय बन्द रहनेछ  भने स्वर्गारहणको १३औँ दिनमा केन्द्रिय कार्यांलयमा शोक सभाको आयोजना गरिने समेत उनले बताए। 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend