२०८३, आश्विन २१ गते

images
  • राजनीति
  • उपनिर्वाचन हुने स्थानीय तहलाई आयोगको आठबुँदे...

उपनिर्वाचन हुने स्थानीय तहलाई आयोगको आठबुँदे निर्देशन

उपनिर्वाचन हुने स्थानीय तहलाई आयोगको आठबुँदे निर्देशन

सोमवार, मंसिर ३ २०८१०७:१८
सोमवार, मंसिर ३ २०८१०७:१८
  • images

    काठमाडौं । निर्वाचन आयोगले उपनिर्वाचन हुन लागेका स्थानीय तहलाई आठबुँदे निर्देशन दिएको छ । सोमबार एक विज्ञप्तिमार्फत स्थानीय तहलाई निर्देशन दिएको हो ।

    आयोगले राजनीतिक दल तथा उमेदवारहरूले कुनै पनि सरकारी, सार्वजनिक वा सामुदायिक सम्पत्ति प्रयोग वा अतिक्रमण वा दुरुपयोग वा क्षति पुर्‍याउने गरी कुनै काम गर्न/गराउन नपाउने बताएको छ ।

    साथै, स्थानीय तहको स्वामित्व रहेको निकाय, सामुदायिक विद्यालयको जग्गा, भवन, फर्निचर वा परिवहनको साधन अन्य भौतिक साधन प्रयोग गर्न पूर्णरूपमा रोक लगाउन आयोगले निर्देशन दिएको छ ।

    निर्वाचनको स्वच्छता, स्वतन्त्रता र निष्पक्षतामा प्रतिकुल प्रभाव नपर्ने गरी सम्बन्धित स्थानीय तहका मतदाताहरूको सहज आवागमनको लागि सार्वजनिक यातायात सञ्चालन गर्ने व्यवस्था मिलाउन पनि आयोगले आग्रह गरेको छ। मंसिर १६ गते स्थानीय तहका रिक्त ४२ पदमा उपनिर्वाचन हुँदैछ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend