काठमाडौँ । सानिमा बैंकले २० प्रतिशत नगद लाभांश दिने भएको छ । मंगलबार सम्पन्न बैंकको २०औं वार्षिक साधारण सभाले चुक्ता पुँजीको ५.२६ प्रतिशत नगद लाभांश ९करसहित० प्रदान गर्ने प्रस्ताव पारित गरेको हो ।
आर्थिक वर्ष २०८०/८१ मा २।४० अर्ब रुपैयाँ खुद मुनाफा गरेको बैंकको कुल सम्पत्ति २३३.८६ अर्ब रुपैयाँ, कुल निक्षेप १९९.३८ अर्ब रुपैयाँ तथा खुद कर्जा सापटी १६४.९४ अर्ब रुपैयाँ रहेको छ । आर्थिक वर्ष २०७९/८० को तुलनामा निक्षेप, कर्जा सापटी र कुल सम्पत्तिमा क्रमशः ११.४८, १०।०६ र ८.४५ प्रतिशतले वृद्धि गरेको छ ।
बैंकको वित्तीय परिसूचकअनुसार बैंकको निष्क्रिय कर्जा १.७२ प्रतिशत, पुँजी कोष १३.२१ प्रतिशत, तरलता २९.२१ प्रतिशत र कर्जा निक्षेप अनुपात ८०.५३ प्रतिशत रहेको छ ।

