२०८३, आश्विन २१ गते

images
  • राजनीति
  • रुकुम पूर्वमा माओवादीले खाता खोल्यो, वडाध्यक्षमा...

रुकुम पूर्वमा माओवादीले खाता खोल्यो, वडाध्यक्षमा जगतबहादुर घर्ती निर्विरोध

रुकुम पूर्वमा माओवादीले खाता खोल्यो, वडाध्यक्षमा जगतबहादुर घर्ती निर्विरोध

बुधवार, मंसिर ५ २०८१०२:३५
बुधवार, मंसिर ५ २०८१०२:३५
  • images

    काठमाडौं । स्थानीय तह उपनिर्वाचनअन्तरगत नेकपा माओवादी केन्द्रले रुकुम पूर्वमा खाता खोलेको छ। पुथाउत्तर गंगा गाउँपालिका-२ मा माओवादीका उम्मेदवार जगतबहादुर घर्ती निर्विरोध निर्वाचित भएको माओवादी नेता तथा रुकुम पूर्वका संघीय सांसद  पूर्ण घर्तीले जानकारी दिए।

    उनका अनुसार कांग्रेस-एमालेको तर्फबाट उम्मेदवारी दिएका जीवन रोकाले उम्मेदवारी फिर्ता लिएपछि घर्ती निर्वाचित भएका हुन्। जिल्लाको पुथाउत्तरगंगा गाउँपालिकामा उपाध्यक्ष र २ नम्बर वडाको वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुन लागेको हो। 

    स्थानी तह उपनिर्वाचन मंसिर १६ गते हुँदैछ। आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने निर्वाचन आयोगले जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend