२०८३, आश्विन २१ गते

images

आईपीओ पाइपलाइनमा भएका कम्पनीको संख्या ७७ पुग्यो

आईपीओ पाइपलाइनमा भएका कम्पनीको संख्या ७७ पुग्यो

बिहिवार, मंसिर ६ २०८१०३:१७
बिहिवार, मंसिर ६ २०८१०३:१७
  • images

    काठमाडौं ।  नेपाल धितोपत्र बोर्डमा कार्यकारी अध्यक्ष नभएको एक वर्ष पुग्न लागेको छ । गत वर्षको पुस २० गते निवर्तमान अध्यक्ष रमेशकुमार हमालको कार्यकाल सकिएपछि उक्त पद रिक्त छ । सरकारले अध्यक्ष नियुक्त गर्न सकेको छैन ।

    आईपीओ निष्कासनका निम्ति बोर्डको अनुमति माग्ने कम्पनीको संख्या बढ्दै गएको छ । हमालको कार्यकाल सकिएसँगै बजारमा आईपीओ निष्कासन भएको छैन । बुक बिल्डिङ विधिबाट रिलायन्स स्पिनिङ मिल्सले महँगोमा आईपीओ निष्कासन गर्न अनुमति पाएको भए पनि अदालतमा मुद्दा परेपछि प्रक्रिया रोकिएको थियो ।

    आईपीओ निष्कासनका निम्ति अनुमति मागेका ७७ कम्पनीको प्रक्रिया ‘पेन्डिङ’मा छ । बोर्डमा अध्यक्ष नहुँदा यी कम्पनीको फाइल अगाडि बढ्न सकेको छैन ।

    ४४ अर्ब ७५ करोड ७६ लाख २० हजार रुपैयाँको आईपीओ निष्कासन रोकिएको छ । हाल अर्थतन्त्रमा समस्या आउनुमा धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिलाई पनि एउटा कारणका रूपमा लिइएको छ । समयमा नै अध्यक्ष नियुक्त गरेर बजारमा आईपीओ आइरहेको भए अर्थतन्त्र चलायमान बनाउन मद्दत गर्ने विश्वास गरिँदै आएको छ ।

    धितोपत्र बोर्डका अनुसार, हाल बोर्डमा हाइड्रोपावरका ३७, अन्य समूहका १५, उत्पादन तथा प्रशोधनका १३, होटेल तथा पर्यटनका पाँच, माइक्रोइन्स्योरेन्सका चार, लगानीका दुई र माइक्रोफाइनान्स समूहको एउटा कम्पनी आईपीओ निष्कासनको तयारीमा छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend