२०८३, आश्विन २१ गते

images

जीतपुरसिमराले विद्यालयलाई पठायो दोस्रो त्रैमासिक रकम

जीतपुरसिमराले विद्यालयलाई पठायो दोस्रो त्रैमासिक रकम

बिहिवार, मंसिर ६ २०८१०४:५६
बिहिवार, मंसिर ६ २०८१०४:५६
  • images

    काठमाडौँ । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले विद्यालयको खातामा दोस्रो चौमासिकको रकम पठाएको जनाएको छ । 

    पालिकाले बिहीबार एक सूचना जारी गर्दै पालिकाभित्रका सम्पूर्ण विद्यालयमा आवश्यक रकम पठाइसकिएको जनाएको हो । 

    चालू आर्थिक वर्षको स्वीकृत कार्यक्रम कार्यान्वयनः कार्यविधिको खण्ड २ स्थानीय तहबाट सम्पादन हुने सशर्त अनुदानका सबबजेट उपशीर्षकहरुको कार्यक्रम अन्तरगत उक्त रकम पठाईएको पालिकाले जनाएको छ । 

    ‘विद्यालयले त्रैमासिकको पहिलो महिनामा ३ महिनाका लागि नियमानुसार आवश्यक तलबभत्ता स्थानीय तहमा माग गर्ने र सोका आधारमा स्थानीय तहले विद्यालयलाई निकासा दिई विद्यालयले शिक्षकलाई नियमानुसार मासिक रुपमा तलबभत्ता भुक्तानी हुने व्यवस्था मिलाउने’ भन्ने उल्लेख भएअनुसार दोस्रो त्रैमासिकको तलबभत्ता निकासा भएको व्यहोरा जानकारीका लागि अनुरोध छ’, पालिकाले बिहीबार जारी गरेको पत्रमा भनिएको छ । 

    20810806.jpg

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend