२०८३, आश्विन २१ गते

images

लिबर्टी इनर्जीको हकप्रद सेयरमा १६ गतेदेखि आवेदन खुल्ने

लिबर्टी इनर्जीको हकप्रद सेयरमा १६ गतेदेखि आवेदन खुल्ने

शुक्रवार, मंसिर ७ २०८११०:४३
शुक्रवार, मंसिर ७ २०८११०:४३
  • images

    काठमाडौं । लिबर्टी इनर्जी कम्पनीको हकप्रद सेयरमा मंसिर १६ देखि आवेदन खुल्ने भएको छ । कम्पनीले ५० प्रतिशत अर्थात् १ सय बराबर ५० कित्ताका दरले हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।
    हाल कायम चुक्ता पूँजी १ अर्ब ५० करोड छ । हकप्रद निष्कासनपछि ७५ करोड थप हुनेछ । हकप्रद सेयरमा पुस ७ गतेसम्म आवेदन दिन सकिनेछ ।
    हकप्रद निष्कासनबाट प्राप्त रकमबाट माथिल्लो दोर्दी ए जलविद्युत् आयोजनाको ऋण रकम ५५ करोड ४४ लाख रुपैयाँ भुक्तानी गर्ने, सो आयोजना निर्माणका लागि भएको खर्चको बाँकी रकम १५ करोड ३२ लाख रुपैयाँ भुक्तानी गर्ने कम्पनीले जनाएको छ ।

    तर ऋणा भुक्तानी हुने पक्ष भने कम्पनीले खुलाएकै छैन । यो आयोजनाको प्रतिमेगावाट लागत नै २५ करोड २५ लाख रुपैयाँ छ । यसको डिस्काउन्टेड लगानी फिर्ता अवधि २७.४९ वर्ष छ । बाँकी ४ करोड २४ लाख रुपैयाँ कम्पनीद्वारा प्रवद्र्धित लोदोखोला साना जलविद्युत् आयोजनामा लगानी गर्ने कम्पनीले जनाएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend