२०८३, आश्विन २१ गते

images

तोलामै एक हजार ५ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

तोलामै एक हजार ५ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

शुक्रवार, मंसिर ७ २०८११०:५२
शुक्रवार, मंसिर ७ २०८११०:५२
  • images

    काठमाडौँ । शुक्रबार सुनको मूल्य उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको तथ्यांक अनुसार साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको मूल्य तोलामै १ हजार ५ सय रुपैयाँले बढेको हो । 

    महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य  प्रतितोला एक लाख  ६५ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ। अघिल्लो कारोबार दिन बिहिबार  छापावाला सुन प्रतितोला १ लाख ६४ हजार  रुपैयाँमा कारोबार भएको थियो।

    त्यसैगरी, यसदिन चाँदीको मूल्य भने  घटेको छ । महासंघको अनुसार आज चाँदी प्रतितोला  १ हजार ९ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन बिहिबार  चाँदी १ हजार ९ सय ५० रुपैँयामा  कारोबार भएको थियो ।

    शुक्रबार प्रति १० ग्राम सुनको मूल्य १ लाख ४१ हजार ८ सय ९० रुपैँया र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ६ सय ६३ रुपैयाँ  कायम भएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend