२०८३, आश्विन २१ गते

images
  • राजनीति
  • ४१ स्थानमा हुने उपनिर्वाचनको नमुना मतपत्र...

४१ स्थानमा हुने उपनिर्वाचनको नमुना मतपत्र सार्वजनिक, कहाँको मतपत्र कस्तो ?

४१ स्थानमा हुने उपनिर्वाचनको नमुना मतपत्र सार्वजनिक, कहाँको मतपत्र कस्तो ?

शुक्रवार, मंसिर ७ २०८१०६:२८
शुक्रवार, मंसिर ७ २०८१०६:२८
  • images

    काठमाडौं । मंसिर १६ गते आइतबार हुने स्थानीय तह उपनिर्वाचनको लागि निर्वाचन आयोगले आवश्यक पर्ने मतपत्रका डिजाइनहरू तयार गरेको छ। 
    उम्मेदवारको सङ्ख्याको आधारमा राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले प्राप्त गरेका निर्वाचन चिह्न मात्र समावेश गरी मतपत्रहरू तयार गरिएका आयोगले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।  

    स्वीकृत डिजाइन बमोजिम प्रत्येक पदका लागि छुट्टाछुट्टै मतपत्र रहेको आयोगले जनाएको छ । यसरी उपनिर्वाचन हुने सम्बन्धित स्थानीय तह तथा वडामा प्रयोग गर्ने गरी तयार भएका मतपत्रका नमूनाहरू आयोगले शुक्रबार नै वेबसाइटमार्फत सार्वजनिक गरेको छ । 

    उक्त नमूना मतपत्रको आधारमा राजनीतिक दल तथा उम्मेदवारहरूले प्रचार प्रसार एवम् मतदाता शिक्षा अभियान सञ्चालन गर्न सक्ने प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिइन् । मंसिर १६ गते ४१ स्थानमा उपनिर्वाचन हुनेछ ।

    कहाँको नमुना मतपत्र कस्तो छ यहाँबाट हेर्नुहोस्

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend