काठमाडौँ। साेमबार सुनकाे मूल्यमा भारी गिरावट आएकाे छ। नेपाल सुनचाँदी व्यवसायी महासंघको तथ्यांक अनुसार साेमबार नेपाली बजारमा सुनकाे मूल्य तोलामा १५ हजार ९ सय रुपैयाँले ओरालो लागेको हो ।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ५१ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ। अघिल्लो कारोबार दिन आइतबार छापावाला सुन प्रतितोला १ लाख ६७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, यसदिन चाँदीको मुुल्य पनि घटेको छ । आज चाँदी प्रतितोला १ सय १५ रुपैयाँले घटेको छ ।
महासंघको अनुसार आज चाँदी प्रतितोला १ हजार ८ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन आइतबार चाँदी १ हजार ९ सय ६० रुपैँयामा कारोबार भएको थियो ।

