२०८३, आश्विन २१ गते

images
  • समाचार
  • रामेछापमा सुमो दुर्घटनाः वडाअध्यक्ष सहित ५...

रामेछापमा सुमो दुर्घटनाः वडाअध्यक्ष सहित ५ जनाको मृत्यु, ३ घाइते

रामेछापमा सुमो दुर्घटनाः वडाअध्यक्ष सहित ५ जनाको मृत्यु, ३ घाइते

सीएनएन खबर
शुक्रवार, मंसिर १४ २०८१०३:०७
सीएनएन खबर
शुक्रवार, मंसिर १४ २०८१०३:०७
  • images

    काठमाडौँ । काठमाडौँबाट रामेछाप जाँदै गरेको टाटा सुमो दुर्घटनामा परेको छ ।  काठमाडौंबाट गोकलगंगा गाउँपालिका वडा नम्बर ५ बेताली जाँदै गरेको ७१२३ नम्बरको सुमो शुक्रबार दिउँसो गोकुलगंगा गापा ६ फर्पूमा दुर्घटनामा परेको हो ।

    फर्पूको जिरो किलोमिटरबाट ५ सय मिटर अगाडि सिम खोलामा दुर्घटना भएको स्थानीय देवेन्द्र दाहालले बताए । उनका अनुसार सुमोमा वडा नम्बर ४ बेतालीका वडा अध्यक्ष रामचन्द्र बस्नेत सवार रहेको बताईएको छ । 

    सडकबाट ३ सय मिटर तल खसेको सुमोमा सवार पाँच जनाको मुत्य भएको आकलन गरिएको छ । सुमो खोलाको खोचमा रहेकाले उद्धार गर्ने अवस्था नभएको उनले बताए । उद्धारको लागि नेपाल प्रहरी दुर्घटना स्थलमा पुगेका छन् । बाँकी अपडेट आउन बाँकी छ...

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend