काठमाडौँ । शुक्रबार उच्च अंकले बढेको सुनचाँदीको मूल्य आइतबार भने घटेको छ । नेपाल सुनचाँदी महासंघले जारी गरेको तथ्यांक अुनसार साताको पहिलो कारोबार दिन सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँ र चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले घटेको हो ।
आइतबार प्रतितोला ४ सय रुपैयाँले घटेर सुनको मूल्य प्रतितोला १ लाख ५० हजार ५ सय रुपैयाँ कायम भएको छ । यस्तै, चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले घटेर १ हजार ८ सय ४० रुपैयाँ कायम भएकोछ ।
शुक्रबार सुनको मूल्य प्रतितोला एक हजार छ सय रुपैयाँले बढेर १ लाख ५० हजार ९ सय रुपैयाँ र चाँदीको मूल्य प्रतितोला ४५ रुपैयाँले बढेर १ हजार ८ सय ४५ रुपैयाँ कायम भएको थियो ।