२०८३, आश्विन २२ गते

images
  • स्थानीय
  • स्थानीय तह उपनिर्वाचनः ११ बजेसम्म २५...

स्थानीय तह उपनिर्वाचनः ११ बजेसम्म २५ प्रतिशत मत खस्यो, कस्तो छ अवस्था

स्थानीय तह उपनिर्वाचनः ११ बजेसम्म २५ प्रतिशत मत खस्यो, कस्तो छ अवस्था

आइतवार, मंसिर १६ २०८१११:२२
आइतवार, मंसिर १६ २०८१११:२२
  • images

    काठमाडौँ । स्थानीय तहका विभिन्न ४१ पदका लागि जारी मतदान शान्तिपूर्ण रहेको निर्वाचन आयोगले जनाएको छ ।

    निर्वाचन आयोगकी प्रवक्ता निता पोखरेल अर्यालका अनुसार बिहान ११ बजेसम्म २५ प्रतिशत मत खसेको छ ।

    नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि मतदान भैरहेको छ । 

    निर्वाचनमा तीन सय ७६ उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् । उपनिर्वाचनमा विभिन्न २० राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले प्रतिस्पर्धा गर्दै छन् । ४४ मध्ये ३ पदमा भने उम्मेदवार निर्विरोध निर्वाचित भइसकेका छन् ।

    निर्वाचन आयोगका प्रवक्ता नीता पोख्रेल अर्यालका अनुसार अपराह्न ५ः०० बजेसम्म मतदानमा दुई लाख २६ हजार सात सय ९९ जनाले मताधिकार प्रयोग गर्नेछन् । यो उपनिर्वाचनमा विभिन्न २० राजनीतिक दल र स्वतन्त्र गरी तीन सय ७६ उम्मेदवार प्रतिस्पर्धामा छन् ।

    आयोगले सक्कल मतदाता परिचयपत्र, नागरिकता प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, स्थायी लेखा नम्बर परिचयपत्र र वा सवारी चालक अनुमतिपत्रका आधारमा मतदान गर्न पाउने व्यवस्था गरेको जनाएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend