२०८३, आश्विन २१ गते

images
  • समाचार
  • जडिबुटीमा रोकेर राखेको टिप्परमा मोटरसाइकल ठोक्किँदा...

जडिबुटीमा रोकेर राखेको टिप्परमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु

जडिबुटीमा रोकेर राखेको टिप्परमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु

आइतवार, मंसिर १६ २०८१०१:०२
आइतवार, मंसिर १६ २०८१०१:०२
  • images

    काठमाडौं ।  काठमाडौं महानगरपालिका–३२ जडिबुटीमा रोकिराखेको टिप्परमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

    शनिबार राति सडकमा रोकिराखेको बा४ख ६१८२ नम्बरको टिप्परमा प्र ३–०२–००४ प ०२०५ नम्बरको मोटरसाइकल ठोक्किएको थियो ।

    सो क्रममा मोटरसाइकल चालक पर्साको वीरगञ्ज महानगरपालिका–१४ मुरलीबँगैचा घर भएका ४५ वर्षीय सञ्जय सिंहको मृत्यु भएको हो ।

    दुर्घटनामा परी गम्भीर घाइते भएका उनको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो । टिप्पर चालकको खोजी भइराखेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend