२०८३, आश्विन २१ गते

images
  • समाचार
  • घुस रकम सहित प्रहरी नायब निरीक्षक...

घुस रकम सहित प्रहरी नायब निरीक्षक अख्तियारको नियन्त्रणमा

घुस रकम सहित प्रहरी नायब निरीक्षक अख्तियारको नियन्त्रणमा

सोमवार, मंसिर १७ २०८१०३:३८
सोमवार, मंसिर १७ २०८१०३:३८
  • images

    काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस रकमसहित प्रहरी नायब निरीक्षकलाई नियन्त्रणमा लिएको छ । 

    अख्तियारले रोल्पा जिल्ला ट्राफिक प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी नायब निरीक्षक (सइ) ललित कुमार बुढाथोकीलाई २५ हजार रुपैयाँ घुस रकम सहित नियन्त्रणमा लिएको हो । 

    उनले सवारी साधनहरुलाई आवत/जावत गर्न सहजिकरण गरिदिए वापत घुस/रिसवत माग गरिरहेको भन्‍ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल सम्पर्क कार्यालय नेपालगञ्जबाट खटिई गएको टोलीले घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको हो ।

    उनलाई उक्त रकम सहित सोमबार निजको निवासबाट नियन्त्रणमा लिईएको अख्तियारले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । 

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend