२०८३, आश्विन २१ गते

images
  • समाचार
  • सिराहामा अटोको ठक्करबाट युवकको मृत्यु, सडकमा...

सिराहामा अटोको ठक्करबाट युवकको मृत्यु, सडकमा टायर बालेर प्रदर्शन

सिराहामा अटोको ठक्करबाट युवकको मृत्यु, सडकमा टायर बालेर प्रदर्शन

बिहिवार, मंसिर २० २०८१११:२२
बिहिवार, मंसिर २० २०८१११:२२
  • images

    काठमाडौं । सिराहामा अटोको ठक्करबाट एक युवकको मृत्यु भएपछि स्थानीयले सडक अवरुद्ध पारेका छन्। 

    चोहर्वा सिराहा सडक खण्डमा पर्ने भलुवाही चौकमा बुधबार साँझ अटोले ठक्कर दिँदा सिराहा नगरपालिका–११ भलुवाहीका २१ वर्षीय निरज कामतको मृत्यु भएको थियो। 

    घटनाको विरोधमा बिहीबार बिहानैदेखि स्थानीयले सडकमा टायर बालेर प्रदर्शन गरेका हुन्। सडकमा पैदल हिँडिरहेका कामलाई स १ ह ७२४ नम्बरको अटोले ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

    स्थानीयको प्रदर्शनको कारण सिराहा चोहर्वा सडक खण्डमा बिहीबार बिहानैदेखि गाडी चल्न सकेका छैनन्। स्थानीयले अटो चालकलाई कारबाही र पीडित परिवारलाई क्षतिपूर्तिको माग गर्दै प्रदर्शन गरेका हुन्।  

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend