काठमाडौं । इतिहासकार पुरूषोत्तम शमशेर राणाको निधन भएको छ । बिहीबार राणाको निधन भएको हो । उनको ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा निधन भएको पारिवारिक श्रोतले जानकारी दिएको छ ।
उनी प्रेसर लो भएर अस्पताल भर्ना भएका थिए । इतिहासकार राणाका ऐतिहासिक दरबारहरू, श्री ३ हरूको तथ्य वृतान्त (भाग १), श्री ३ हरूको तथ्य वृतान्त (भाग २),
श्री ३ हरूको तथ्य वृतान्त (भाग ३) पुस्तक प्रकाशित छन् ।

