२०८३, आश्विन २१ गते

images
  • समाचार
  • अध्यापन अनुमतिपत्र नक्कली भेटिएपछि ६ महिना...

अध्यापन अनुमतिपत्र नक्कली भेटिएपछि ६ महिना कैद

अध्यापन अनुमतिपत्र नक्कली भेटिएपछि ६ महिना कैद

बिहिवार, मंसिर २० २०८१०५:४६
बिहिवार, मंसिर २० २०८१०५:४६
  • images

    काठमाडौं । स्थायी अध्यापन अनुमतिपत्र(टिचिङ लाइसेन्स) नक्कली भेटिएपछि विशेष अदालतले एकजनालाई सजाय सुनाएको छ। ब्रह्मदेव यादवको हकमा विशेषले ६ महिना कैद र १० हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको हो।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यसै वर्ष २५ असारमा नक्कली प्रमाणपत्र शीर्षकमा मुद्दा दायर गरेको थियो। यसमाथि सुनुवाइ गर्दै विशेषका न्यायाधीशत्रय खुसीप्रसाद थारु, रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले ठहर हुने फैसला गरेको हो।

    यादवले धनुषाको गणेशमान चारथान नगरपालिकाको बरमझियास्थित एक विद्यालयमा ०६३ सालदेखि नक्कली लाइसेन्स पेस गरी राहत कोटामा नियुक्ति लिएका थिए। उजुरी परेपछि अख्तियारले छानबिन गरी मुद्दा दायर गरेको थियो।
     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend