काठमाडौँ । नेपाल प्रहरीमा ठूलो संख्यामा कर्मचारी माग गरेको छ । प्रहरीले शुक्रबार एक सूचना जारी गर्दै जवानदेखि भान्छे, कुचिकारसम्मका लागि नयाँ भर्नाका लागि आह्वान गरेको हो ।
सूचना अनुसार प्रहरी जवान (जनपद) मा ११ सय ६५ पदमा भर्ना खुलाएको हो। सूचनामा ४७ भान्छे र ११ कुचीकारका लागि पनि आवेदन माग भएको छ।
नेपाल प्रहरीले कोशी प्रदेश प्रहरी तालिम केन्द्र विराटनगर, मधेस प्रदेश प्रहरी तालिम केन्द्र जनकपुर, बागमती प्रदेश प्रहरी तालिम केन्द्र दुधौलीमा दरखास्त फारम पाइने र त्यहाँ बुझाउन सकिने जनाएको छ ।
त्यस्तै गण्डकी प्रदेश तालिम केन्द्र पोखरा, लुम्बिनी प्रदेश तालिक केन्द्र बुटवल, कर्णाली प्रदेश तालिक केन्द्र बाँके, सुदूरपश्चिम तालिक केन्द्र दियायलमा पनि फारम भर्न र बुझाउन सकिनेछ ।
यसका साथै काठमाडौं, भक्तपुर, ललितपुर जिल्ला प्रहरी परिसरका अतिरिक्त सबै जिल्ला प्रहरी कार्यायलबाट फारम भर्ने प्रबन्ध मिलाइएको भर्ना छनौट शाखाले बताएको छ।
शुक्रबारदेखि खुला भएको विभिन्न पदका लागि मसिर २७ गतेदेखि आगामी माघ ७ गतेभित्र आवेदन बुझाइ सक्नुपर्नेछ ।


