२०८३, आश्विन २१ गते

images
  • समाचार
  • रविलाई थप ४ दिन हिरासतमा राख्न...

रविलाई थप ४ दिन हिरासतमा राख्न अदालतले दियो अनुमति

रविलाई थप ४ दिन हिरासतमा राख्न अदालतले दियो अनुमति

आइतवार, मंसिर २३ २०८१०२:३१
आइतवार, मंसिर २३ २०८१०२:३१
  • images

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा पूर्व गृहमन्त्रीसमेत रहेका रवि लामिछानेमाथि अनुसन्धान गर्न थप ४ दिन म्याद थप भएको छ। कास्की जिल्ला अदालतका न्यायाधीश हिमलाल बेल्बासेले प्रहरीलाई थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हाे ।

    गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशकसमेत रहेका लामिछानेमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण अनुसन्धान भइरहेको छ ।

    गत कात्तिक २ गते काठमाडौं वनस्थलीबाट पक्राउ परेका लामिछानेलाई यो बीचमा बयानका लागि कास्कीपछि रुपन्देही, काठमाडौं र चितवन लगिएको थियो ।

    कास्कीको सूर्यदर्शन सहकारी, काठमाडौंको स्वर्णलक्ष्मी सहकारी, चितवनको सहारा सहकारी, रुपन्देहीको सुप्रिम सहकारी र पर्साको सानोपाइला सहकारीको रकम गैरकानूनी तवरले गोर्खा मिडियामा ल्याएर अपचलन गरेको आरोप लामिछानेमाथि छ ।

    लामिछानेसँगै पूर्वडीआईजी छविलाल जोशीसहित सहकारी ठगी प्रकरणमा जोडिएका लीला पछाई, रामबहादुर खनाललगायतकालाई पनि आज अदालतमा पेश गरिने कास्की प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend