२०८३, आश्विन २१ गते

images
  • समाचार
  • वडाअध्यक्ष सहित ७ जना विरुद्ध पक्राउ...

वडाअध्यक्ष सहित ७ जना विरुद्ध पक्राउ पुर्जी

वडाअध्यक्ष सहित ७ जना विरुद्ध पक्राउ पुर्जी

आइतवार, मंसिर २३ २०८१०२:५४
आइतवार, मंसिर २३ २०८१०२:५४
  • images

    काठमाडौँ । धादिङको धुनिवेशी नगरपालिका वडा नम्बर ४ का वडाध्यक्षसहित ७ जनाविरूद्ध पक्राउ पुर्जी जारी भएको छ।

    नागरिकता सिफारिस गर्दा कीर्ते गरेको आरोपमा जिल्ला अदालत धादिङबाट वडाध्यक्ष हरिप्रसाद सुवेदीसहित सात जनाविरूद्ध पुर्जी जारी भएको हो ।

    उनीहरूविरूद्ध केहीसमय अघि नै पुर्जी जारी भएको थियो। तर उनीहरू पक्राउ परेका छैनन्। वडासचिव मिलनकुमार सुवेदी, निर्मल गौतम, रविन्‍द्र तामाङ लगायतविरूद्ध पुर्जी जारी भएको पाइएको हो । 

    उनीहरूले मिलेमतो गरी सरकारी कागजात कीर्ते गरेर नागरिकताका लागि सिफारिस गरेको आरोप छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend