काठमाडौं । विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप तीन दिन हिरासत राख्न अनुमति दिएको छ । प्रहरीको केन्द्रीय साइबर ब्यूरोको हिरासतमा रहेका उनीविरुद्ध आज तीन दिन म्याद थप भएको हो ।
भक्तपुरस्थित आफ्नै निवासबाट पक्राउ परेका प्रसाईंविरुद्ध विद्युतीय कसुरको अपराधमा ब्यूरोले अनुसन्धान गरिरहेको छ । यसैबीच प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)मा उनीविरुद्ध पक्राउ पुर्जी जारी छ ।
अहिले साइबर ब्यूरोले प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडिया लगानी गरेको भनेर दिएको अभिव्यक्तिमाथि प्रसाईंमाथि अनुसन्धान जारी राखेको हो ।

