२०८३, आश्विन २१ गते

images
  • समाचार
  • काठमाडौंमा म : म खाँदै हुनुहुन्छ...

काठमाडौंमा म : म खाँदै हुनुहुन्छ ?, ८५ वटा पसल अनुगमनमा ७५ वटामा सरसफाइको कमी

काठमाडौंमा म : म खाँदै हुनुहुन्छ ?, ८५ वटा पसल अनुगमनमा ७५ वटामा सरसफाइको कमी

आइतवार, मंसिर २३ २०८१०९:२३
आइतवार, मंसिर २३ २०८१०९:२३
  • images

    काठमाडौं । काठमाडौँ महानगरपालिकाभित्र सञ्चालनमा रहेका मः म पसलहरुमा कार्यस्थल, भान्छा र व्यक्तिगत सरसफाइ तथा स्वच्छतामा समस्या भेटिएको छ । गएको कार्तिक २९ गतेदेखि महानगरपालिकाका फुड टेक्नोलोजिष्ट, माइक्रोवायोलोजिष्टसहितको टोलीले अहिलेसम्म अनगुमन गरेका ८५ वटा मःम बनाउने होटल तथा रेष्टुरेन्टमध्ये ७५ वटा (८८.२४%) मा सरसफाइ मुख्य समस्या देखिएको ‘अनुगमन प्रतिवेदन’ मा उल्लेख छ । यससँगै ६६ वटा (७७.६५%) प्रतिशतमा भान्छा र कार्यस्थलको सरसफाइमा कमजोरी छ । १८ वटा (२१.१८%) व्यवसाय दर्ता नै भएका छैनन् । 

    सुन्धारा, न्युरोड, मखन, त्यौड, कलमपोखरी, महाराजगञ्ज, पुरानो बानेश्वर, टंगाल, हाँडीगाउँ, त्रिपुरेश्वर, कोटेश्वर, कलंकी, ठमेल क्षेत्रमा मःम बनाउने र विक्री गर्ने पसल, होटल तथा रेष्टुरेन्टको अनुगमन गरिएको थियो ।  

    उनीहरुले दैनिक रुपमा प्रयोग गर्ने एप्रोनसमेत फोहर छ । भान्छामा लगाउने वा होटलमा लगाउने एप्रोन बाहिर पनि लगाउने गरेका छन् । मसला राख्ने भाँडा फोहर छ । भान्छाको भुइँमा पानी जमेर फोहर छ । डस्टविनको उचित प्रयोग भएको छैन । पकाएका खानेकुरा खुला राख्ने गरिएको छ । मांसाहारी र शाकाहारीका भोजन सँगसँगै भण्डारण गर्ने गरिएको छ । पकाएको र नपकाएका खानेकुरा पनि सँगसँगै राखिएको छ । किराको समस्या समाधान गर्न आफैँ रसायनको प्रयोग गर्ने गरिएको पाइएको छ । 

    फ्रिज सफाइ गरिएको छैन । फ्रिजमा अटुञ्जेल सामान कोचेर राखिएको छ । त्यहाँ राखिएको अचार र मसलामा लेवल राखिएको छैन । मसला राख्ने भाँडा, मःम बनाउने टेवल र मेसिन फोहर छ । भाँडा माझ्ने ठाउँ झन् फोहर छ । व्यक्तिगत सामान भान्छामा राखिएका छन् । मूल्य सूची छैन । यी र यस्ता कमजोरी अधिकांश मःम पसलमा पाइन्छ । 

    यी समस्या समाधानका लागि अनुगमन टोलीले स्थलगत रुपमै निर्देशन र सुझाव दिने गरेको छ । यसरी दिइएको सुझावका आधारमा ८ वटा होटल, रेष्टुरेन्टले सुधार गरेको भिडियो र फोटोसहितको प्रमाण लिएर विभागमा उपस्थित भएका छन् । सरसफाइ र स्वच्छतामा कमजोरी देखिएका पसलहरुलाई सुधारका लागि निर्देशन दिइएको छ । यस्तै दर्ता नभएका व्यवसायलाई दर्ताका लागि समय दिइएको छ ।  

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend